धादिङमा युवाहरूबीच ‘ग्याङफाइट’, एक जनाको ज्यान गयो


धादिङ – धादिङमा युवाहरूबीच ‘ग्याङफाइट’ हुँदा एक जनाको मृत्यु भएको छ।

खनियावास गाउँपालिका वडा नम्बर ४ मा मंगलबार राति करिब १० बजे छरसात जनाको समूहमा रहेका युवाहरूको झडप हुँदा अर्का एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख रवीन्द्र रेग्मीले जानकारी दिए ।

झडपपछि गम्भीर घाइते भएका ३२ वर्षीय सन्तबहादुर तामाङको उपचारका क्रममा धादिङ अस्पतालमा मृत्यु भएको छ भने घाइते रविन तामाङको काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।

रेग्मीका अनुसार युवाहरूबीच पुरानो रिसिइबीका कारण झगडा भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखिएको छ ।

झडप घरभित्रै भएको र त्यहाँ भएका सामान नै हतियारका रूपमा प्रयोग गरिएको पाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement