ध्रुविकरणको पक्षमा छैनौं,छिमेकी मुलुकसंगको सम्बन्ध प्राथिमकतामा :परराष्ट्रमन्त्री ज्ञवाली


काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल विश्वमा कुनै पनि समूहका कारण निम्तने ध्रुवीकरणको पक्षमा नरहेको बताएका छन् ।

स्वामी सत्यदेवको आत्मवृत्तान्तमा आधारित पुस्तक ‘विचारप्रवाह’को शनिबार काठमाडौंमा लोकार्पण गर्दै उनले नेपाल कुनै पनि ध्रुवीकरणको पक्षमा नभएको स्पष्ट पारे । ध्रुवीकरणको पक्षमा लागेर कुनै मुलुकसंग साझेदारी नहुने उनको भनाई थियो ।

मन्त्री ज्ञवालीले छिमेकी मुलुकसंगको सम्बन्धलाई नेपालले सधै प्राथमिकतामा राखेको बताए । ‘हामी कुनै पनि खालको धु्रविकरणको पक्ष्ँमा उभिदैनौं, हामी जहिले पनि असंलग्न परराष्ट्र नीतिमा अडिग छौं, छिमेकी मुलुकसंगको सम्बन्ध सधैं हुन्छ ।’ मन्त्री ज्ञवालीले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement