रास्वपा सांसद्को पीडाः क्यान्टिन नहुँदा भोकभोकै भइयो, तलबले घर भाडा र्तिन पुगेन

रास्वपा सांसद्को पीडाः क्यान्टिन नहुँदा भोकभोकै भइयो, तलबले घर भाडा र्तिन पुगेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद हरिमोहन भण्डारीले निर्माणाधीन संसद भवनको बरण्डामा सञ्चालित होटल पुनः सञ्चिालन गर्न माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले क्यान्टिन बन्द हुँदा भोकभोकै बस्नुपरेको पीडा सुनाए । होटल सोल्टीले संघीय संसद हाताभित्र क्यान्टिन चलाउँदै आएको छ ।

सोही क्यान्टिनले नयाँ संसद् भवनको बाहिर अस्थायी रुपमा खाजा पसल राखेको थियो ।

उक्त स्थानमा संसद् बैठक चलेका दिन मात्र क्यान्टिनले सेवा दिँदै आएको छ ।

तर, अघिल्लो बैठकमा रास्वपाकै अर्का सांसद् खगरेन्द्र सुनारले क्यान्टिनको मेन्यु महंगो भएको भन्दै सभामुखको ध्यानाकर्षण गराए । लगत्तै बरण्डाको क्यान्टिन बन्द भयो ।

भण्डारीले संसदको बरण्डाको क्यान्टिन बन्द भएको र बाहिर जान सचेतकले रोक लगाएको अवस्थामा भोकै बस्नुपर्ने अवस्था आएको बताए ।

‘क्यान्टिनको अविलम्ब व्यवस्था गर्न जरूरी छ । नत्र सचेतकले फोन/मेसेज हानिहाल्नुहुन्छ । कतिखेर कहाँ हो ? भन्नुहुन्छ’, भण्डारीले भने, ‘बाहिर जाऊँ भएन । भोकभोकै बस्नुपर्ने अवस्था आयो हिजो ।’


भण्डारीले सभामुख अर्याललाई भोक टार्ने व्यवस्थाका लागि केही न केही व्यवस्था गरिदिन आग्रह गरे ।

भण्डारीले क्यान्टिन महंगो भएको विषय पनि उठाए ।

खाना, घरभाडा, बसभाडा तिर्न सांसदको तलब पर्याप्त नरहेको गुनासो पोखे ।

‘माननीयको तलबले घरभाडा तिर्ने हो कि, यता उता हिँड्ने हो कि बसभाडा तिर्ने हो । क्यान्टिन पनि महँगो भयो’, उनले भने ।