काठमाण्डु – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले कीर्तिपुर होल्डिङ सेन्टरमा डुबानबाट प्रभावित एक बालकलाई व्यक्तिगत रूपमा ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत साम्पाङले आफू र आफ्नो पार्टीले कहिल्यै पनि सुकुम्बासीलाई विस्थापन गर्ने नीति नलिएको भन्दै उक्त घोषणा गरेका हुन्। उनले वर्तमान सरकारले उनीहरूलाई बेघर बनाएको बताए।
उनले आफू धरानका मेयर रहँदा सुकुम्बासी बस्तीमा घर नम्बर वितरण, सडक तथा नाली निर्माण, चुहिने घरको छाना मर्मतका लागि बजेट व्यवस्था, विपन्न परिवारलाई आर्थिक सहायता तथा ठेला व्यवसायीलाई व्यक्तिगत पारिश्रमिकबाट सहयोग गरेको भन्दै गरिबमुखी नीति अपनाउने नेतृत्वलाई जनताले समयमै चिन्नुपर्ने बताएका छन्।




प्रतिक्रिया