अख्तियार पदाधिकारीलाई हर्कले भनेः प्रधानमन्त्रीले सात घण्टा थुनेर के–के गर्न लगाए, जानकारी चाहियो

अख्तियार पदाधिकारीलाई हर्कले भनेः प्रधानमन्त्रीले सात घण्टा थुनेर के–के गर्न लगाए, जानकारी चाहियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सात घण्टासम्म थुनेर राखिएको भन्ने विषयमा जवाफ मागेका छन् ।

अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईसहित आयुक्तहरू उपस्थित प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बिहीबार राईले त्यसबारे जवाफ मागेका हुन् ।

प्रधानमन्त्रीले अख्तियार पदाधिकारीलाई बोलाएर लामो समयसम्म कार्यालयमै राखेबारे आफूले सुनेको उल्लेख गर्दै उनले त्यस अवधिमा के–के काम गराइएको थियो भन्ने जानकारी अख्तियार पदाधिकारीले समितिलाई गराउनुपर्ने बताए ।

‘प्रधानमन्त्रीले बोलाउनुभयो र बन्दी बनाउनुभयो भन्ने सुनेको छु’, राईले भने, ‘ त्यहाँ के–के गर्न लगाइयो, बताइदिनुहोला ।’

उनले संवैधानिक निकायका पदाधिकारीलाई सात घण्टासम्म बन्दी बनाइएको घटनालाई अधिकारको दुरुपयोगका रूपमा लिनुपर्ने बताए । यस्तो विषयमा अख्तियार आफैंले अनुसन्धान गर्न सक्ने वा नसक्ने भन्ने प्रश्नसमेत उनले उठाए ।

साम्पाङले पूर्वप्रधानमन्त्री र मन्त्रीहरूबाट गल्ती भए उनीहरूमाथि अख्तियारले कारबाही गर्ने कि नगर्ने भन्नेबारे पनि जिज्ञासा राखे ।

बैठकमा उनले उजुरीका नाममा अनावश्यक दुःख दिने प्रवृत्ति रहेको विषयसमेत उठाए ।

बेनामे तथा प्रमाणविहीन उजुरीका कारण आफूहरूले पटक–पटक स्पष्टीकरण दिनुपर्ने अवस्था आएको उनको भनाइ थियो ।

‘बिनाप्रमाण उजुरी दिएर १५–१५ दिनमा स्पष्टीकरण लेख्दालेख्दै हैरान भइयो,’ उनले भने ।