ह्यारी दम्पतिले ३५ करोड रुपैयाँ फर्काउनु पर्ने


लन्डन – प्रिन्स ह्यारी र उनकी पत्नी मेघान मर्केलले बेलायतको शाही परिवारको सदस्यता त्याग्ने फैसला गरेका छन् । यसपछि उनीहरु दुवैले शाही उपाधी तथा सार्वजनिक कोषको प्रयोग पनि गर्न पाउने छैनन् ।

यसका साथै ह्यारी र उनकी पत्नीले करिब २४ लाख पाउन्ड अर्थात ३५ करोड रुपैयाँ फिर्ता गर्नुपर्नेछ । यसैगरी मेघनका पिता थोमस मर्केलले आफ्नी छोरीमाथि शाही परिवारको प्रतिष्ठ धुमिल पारेको अरोप लगाएका छन् ।

मेघनका पिताले च्यानल ५ लाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘प्रत्येक महिलाको सपना राजकुमारी बन्ने हुन्छ र मेरी छोरीको यो सपना पुरा पनि पुरा भएको छ । तर उनी भाग्ने प्रयास गर्दैछिन् ।’

करिब १ साता सम्म चलेको विवादपछि शनिबार बकिघंमा प्यालेसले आधिकारिक रुपमा ह्यारी र उनकी पत्नीलाई शाही उपाधी छोड्नका लागि भनेको थियो ।

प्रिन्स ह्यारीले आर्थिक आत्मनिर्भरताका लागि शाही परिवारको सदस्यता छोड्ने इच्छा व्यक्त गरेका थिए । उनको यो निर्णयमा बेलायतकी महारानी एलिजाबेथ द्वितियले समर्थन पनि जनाएकी थिइन् । बकिघंम प्यालेसका अनुसार यो वर्षको वसन्त ऋतुमा नयाँ व्यवस्था लागु भएपछि ह्यारी र मेघनको शाही परिवारको सक्रिय सदस्यको दर्जा समाप्त हुनेछ ।

उनीहरु केबल ड्यूक अफ ससेक्स ह्यारी र डचेस अफ ससेक्स मेघनको रुपमा चिनिने छन् । यसका अतिरिक्त उनीहरुले शाही उपाधी हिज रोयल हाइनेस र हर रोयल हाइनेसको प्रयोग गर्न पाउने छैनन् ।

बकिघंम प्यालेसका अनुसार ह्यारी र मेघनले विन्डसर क्यासलमा रहेको घरको मर्मतमा भएको करदातको २४ लाख पाउन्ड पनि फिर्ता गर्नेछन् ।

९३ वर्षीय महारानी एलिजाबेथ द्वितियको तर्फबाट जारी गरिएको बयानमा भनिएको छ, ‘हामी खुसी छौ कि हामीले मिलेर आफ्ना नाती र उनको परिवारका लागि सिर्जनात्मक तथा सहयोगात्मक बाटो खोजी गरेका छौ । ह्यारी, मेघन र अर्ची सधै मेरो परिवारको प्रिय सदस्य रहनेछन् ।’

प्रतिक्रिया दिनुहोस
Advertisement