भारतीय विदेश सचिव काठमाण्डु अवतरण


काठमाण्डु – भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला काठमाण्डु अवतरण गरेका छन् । दुई दिने भ्रमणका क्रममा उनी आज ११ बजे काठमाण्डु अवतरण गरेका हुन् । श्रृंगला भारतीय विदेश सचिवमा नियुक्त भएपछिको यो पहिलो नेपाल भ्रमण हो ।

उनी चार्टर्ड विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनको नेपाल भ्रमणसंगै दुई देशबीच उच्चस्तरमा भइरहेको भ्रमणको आदान प्रदानकै निरन्तरता भएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

नेपालले उनको भ्रमणको बेला मुख्यगरी सीमा विवादलाई मुख्य प्राथमिकतामा राखेको छ । त्यसका साथै प्रवुद्ध समूह (ईपीजी) को रोकिएको रिपोर्ट, ट्रान्समिसन लाईन, आर्थिक सहयोग एवं व्यापार, उर्जालगायत विषयमा वैठकमा छलफल हुनेछ ।

उनले आजै परराष्ट्रसचिव भरतराज पौडेलसंग भेटवार्ता गर्ने कार्यक्रम छ । द्विदेशीय सचिवस्तरीय संयन्त्रको बैठक बसेपछि श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओली,राष्ट्रपति विद्यादेवी भण्डारी र परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीसंग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनीको शुक्रवार दिउंसो १ बजे स्वदेश फर्कने छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement