नेपाल–भारत निकटतम मित्र हुन, क्लोज रिलेसनसिप अगाडि बढ्छः विदेश सचिव श्रृंगला


काठमाण्डु – भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले नेपाल र भारत निकटतम मित्र भएको बताएका छन् ।

बिहीबार बिहान काठमाण्डु अवतरण गरेपछि पत्रकारहरुसँग कुरा गर्दै विदेशसचिव श्रृंगलाले आफूलाई नेपाल आएर अत्यन्त खुसी लागेको बताएका छन् । उनले नेपाल–भारतबीचको क्लोज रिलेसनसिपलाई अगाडि बढाउन आज बैठक बस्ने पनि जानकारी दिए ।

‘म पहिले नै नेपाल आउन चाहेको थिएँ तर कोभिडका कारण आउन सकिएन । नेपालमा आएर मलाई अत्यन्त खुसी लागेको छ । रमाइलो लागेको छ । म पहिला पनि काठमाण्डु आएको छु तर, विदेश सचिवको रुपमा पहिलोपटक हो । नेपाल–भारत निकटतम मित्र हुन् । क्लोज रिलेसनसिपलाई अगाडि बढाउन आज मेरो मिटिङ हुन्छ’, उनले भने ।

उनले आजै परराष्ट्रसचिव भरतराज पौडेलसंग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीसंग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

उनले शुक्रबार नेपाल भारत मैत्रीको विषयमा आफ्ना भनाई राख्नेछन् । त्यसपछि उनले गोरखा र मनाङमा भारतीय सहयोगमा बनेका विद्यालय र गुम्बाको अवलोकन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

उनले गोरखामा भूकम्प प्रभावितका लागि ५० हजार घर बनाउने प्रतिबद्धताअनुसार ४० हजार घर बनिसकेको बताएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले गाेरखामा ५० हजार घर बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । विदेश सचिव शृंगलाले ३ वटा विद्यालय भवन समेत बनेको र भोली नै उद्घाटन हुने जानकारी दिए । उनी शुक्रवार दिउंसो १ बजे स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement