भारतीय विदेश सचिव श्रृंगला मंसिर ११ गते नेपाल आउँदै


काठमाण्डु – भारतीय विदेश सचिव मंसिर ११ गते नेपाल भ्रमणबाट आउने भएका छन् । नेपाल–भारतबीच कायम रहेको तिक्ततापूर्ण सम्बन्धलाई सुमधुर बनाउन भइरहेका प्रयासबीच भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला दुई दिने (मंसिर ११ र १२ गते)नेपाल भ्रमणका लागि आउने भएका हुन् ।

उनको भ्रमणको पहिलो दिन परराष्ट्र सचिवस्तरिय छलफल हुने मन्त्रालयले जनाएको छ । उनको भ्रमणबाट दुई देशबीच कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सहयोग पुग्ने मनत्रालयले विश्वास लिएको छ ।

भ्रमणमा क्रममा श्रींगलाले नेपाली समकक्षी भरतराज पौडेलसँग औपचारिक वार्ता गर्ने छन् । त्यस्तै उनले अन्य राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

श्रृंगलाको भ्रमण नेपाल–भारतबीच उच्च स्तरीय भ्रमणको आदानप्रदानको निरन्तरता भएको मन्त्रालयले जानकारी दिएको छ । गत पुषमा भारतको विदेश सचिव नियुक्त भएका श्रृंगलाले पहिलो पटक नेपालको भ्रमण गर्न लागेका हुन् ।

श्रृंगलाले नेपाल भ्रमणको क्रममा आफ्ना समकक्षी भरतराज पौडेल,परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेट्ने कार्यक्रम समेत तय भएको छ ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतको रूपमा भारतिय गुप्तचर संस्था रअ प्रमुख सामन्त गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । यसअघि भारतिय सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको समेत नेपाल भ्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement