गर्भपतन मुद्दाका फरार अभियुक्त पक्राउ


वीरगञ्ज-  बारा प्रहरीले गर्भपतन मुद्दामा दोषी ठहर भई फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले बारागढी गाउँपाकिला–२ बस्ने दिनेशप्रसाद साह कलवारलाई पक्राउ गरेको हो ।

२०७२ साउन १७ गते पुनरावेदन अदालत हेटौंडाले साहविरुद्ध गर्भपतन मुद्दामा ३ महिना कैद ठहर गरेको थियो । त्यसपछि साह फरार रहँदै आएका थिए । उनलाई झण्डै तीन वर्षपछि साउन १० गते लुकीछिपी बसेको अवस्थामा बाराको कलैया उपमहानगरपालिका–४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए ।

दिनेशलाई बारा जिल्ला अदालतमा पेश गरि अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय वीरगञ्ज पठाइएको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement