धनुषामा आयल निगमका कर्मचारीको हत्या

धनुषामा आयल निगमका कर्मचारीको हत्या


जनकपुधाम-नेपाल आयल निगमको धनुषास्थित महेन्द्रनगर डिपोमा कार्यरत कर्मचारीको हत्या भएको छ ।

क्षिरेश्वरनाथ नगरपालिकास्थित डिपोको कार्यालयमै कर्मचारीको हत्या भएको हो ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार हत्या हुनेमा सिरहाको सिरहा नगरपालिका–३ नखनाहाका ४० वर्षीय राकेश बर्मा छन् ।

उनी डिपोको पाइपलाइन शाखामा कार्यरत ज्यालादारी कर्मचारी हुन्। राकेशको हत्या गरेको आरोपमा डिपोकै कर्मचारी धनुषाको धनुषाधाम नगरपालिका–४ का ३५ वर्षीय प्रकाश यादव पक्राउ परेका छन् ।

कार्यालयमै राकेश र प्रकाशबीच विवाद भएको र त्यही क्रममा प्रकाशले बेल्चाको डण्डीतिरको भागले राकेशको टाउकोमा प्रहार गरेका थिए ।

बेल्चा प्रहारबाट राकेशको घटनास्थलमै मृत्यु भएको पनि प्रहरी निरीक्षक साहले जानकारी दिए । उनको आँखाको माथिल्लो भागमा चोट लागेको छ ।