हवाई सुरक्षाबारे छानबिन गर्न संसदीय समितिको निर्देशन

हवाई सुरक्षाबारे छानबिन गर्न संसदीय समितिको निर्देशन


काठमाण्डु– संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले नेपालको हवाई सुरक्षा र सुरक्षा मापदण्ड कार्यान्वयन भए नभएको सम्बन्धमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले १५ दिनभित्र विज्ञहरुबाट छानबिन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको लागि सिफारिस गर्न समेत निर्देशन दिएको छ ।