शैया संख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा

शैया संख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ स्वास्थ्य संस्थालाई कारबाही गर्ने निर्णय गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले शैया संख्याअनुसार बुझाउनुपर्ने शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थालाई कारबाही गर्ने निर्णय गरिएको जानकारी दिए ।

उनका अनुसार ती संस्थाबाट १ करोड ७८ लाख ८४ हजार असुल गर्ने निर्णय गरिएको छ । मन्त्रालयले स्वास्थ्य क्षेत्रमा सुशासन, पारदर्शिता र कानुनी जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्यका साथ निर्णय कार्यान्वयन प्रक्रियामा अघि बढाएको उनले बताए ।

महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएका विषयलाई सम्बोधन गर्दै बक्यौता रकम असुली प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।