उपचारको सुनिश्चितता गरेर मात्र बिरामी रिफर गर्न अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन


काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका बिरामी बाहेक अस्पताल पुगेका बिरामीको आकस्मिक उपचार गरी वा अन्य अस्पतालमा व्यवस्था गरेर मात्र पठाउन निर्देशन दिएको छ ।

मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीले अस्पताल आएका बिरामीलाई आकस्मिक उपचार व्यवस्थापन गरेर तथा अन्य अस्पताल पठाउनुपर्ने भएमा बेडको उपलब्धता र उपचार पाउने सुनिश्चितता समन्वय गरेर मात्र पठाउन निर्देशन दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयले सबै अस्पतालहरूलाई कोभिडको सङ्क्रमण बढेसँगै नियमित स्वास्थ्य सेवा तथा आकस्मिक सेवा प्रवाहमा सर्वसाधारणलाई कठिनाइ भएकोमा ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement