कोरोना पुष्टि भई लक्षण नदेखिएका व्यक्तिहरु दश दिनपछि दैनिक जीवनमा फर्किन सक्छन्: स्वास्थ्य मन्त्रालय


काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण पोजेटिभ भई लक्षण नदेखिएका व्यक्तिहरु दश दिनपछि दैनिक जीवनमा फर्किन सक्ने बताएको छ ।

कोरोना पुष्टि भएका तर कुनै पनि लक्षण नदेखिएका व्यक्तिहरुले स्वास्थ्य परीक्षण नै नगरी दश दिनपछि आफ्नो दैनिक कामकाजमा फर्किन सक्ने जानकारी दिएको हो ।

कतिपय अवस्थामा अनावश्यक रुपमा परीक्षण गर्ने गराउने गरेको भन्दै स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले कतिपय संक्रमण पुष्टि भई स्वास्थ्य अवस्था विग्रदै जाँदा समेत स्वास्थ्यकर्मीको सम्पर्कमा नआउने, अस्पताल नजाने, उपचार नगराउने प्रवृति देखिएको भन्दै यसबाट ठूलो जोखिम आउने अवस्था रहेकाले समयमै स्वास्थ्यकर्मीको सम्पर्नमा रहन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement