विप्लव माओवादीका नेता हेमन्तप्रकाश ओली र पदम राई पक्राउ


काठमाडौं– नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई नेतालाई पक्राउ गरेको छ । नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र पोलिट्ब्युरो सदस्य पदम राई विकासलाई प्रहरीले विराटनगरबाट प्रक्राउ गरेको छ। राई पुर्व राज्यमन्त्री समेत हुन ।

नेकपाको भातृ संगठन राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलन उदघाट्न गर्न जाने क्रममा दुवै नेतालाई पक्राउ गरिएको नेकपाको प्रवक्ता खड्गबहादुर विक ‘प्रकाण्ड’ले जानकारी दिए ।

प्रहरीले हस्तक्षेप गरेपछि विप्लवका युवाको राष्ट्रिय सम्मेलन पनि बिथोलिएको छ । मोरङका प्रहरी प्रवक्ता डिएसपी विष्णुहरि कोइरालाले विप्लव माओवादीका चार जना कार्यकर्ता पक्राउ परेको जानकारी दिए । उनिहरुलाई प्रहरीले हिरासतमा लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement