सदन ‘हाइज्याक’ भयाे: रवि लामिछाने


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद् ‘हाइज्याक’ भएको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा रास्वपालाई सभामुख देवराज घिमिरेले बोल्नका लागि समय नदिएपछि उनले सामाजिक सञ्जाल फेसबुक मार्फत संसद ‘हाइज्याक’ भएको बताएका हुन्। उनले लेखेका छन्, ‘पार्लियामेन्ट इज हाईज्याक’।

एमालेले संसद्मा नाराबाजी गरेपछि सदन हाई ज्याक गरेर जनताका आवाज उठान गर्न नसकिएको भन्दै उनले आक्रोश व्यक्त गरेका हुन्।

सोमबारको बैठकमा एमालेको विरोधपछि प्रतिनिधिसभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको थियाे। एमालेले सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै पुन बैठक अवरोध गरेको हो।

एमालेकाे नाराबाजीपछि सभामुख घिमिरेले भाद्र ३ गते आइतबार १ बजे बस्ने गरी बैठक स्थगित गरेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement