पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरो, निर्मल पुर्जासहित १० पर्वतारोही सम्पर्कविहीन

पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरो, निर्मल पुर्जासहित १० पर्वतारोही सम्पर्कविहीन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पाकिस्तानको काराकोरम पर्वतशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रड पिक हिमालमा हिमपहिरो गएको छ ।

प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोपछि बेपत्ता भएको आशंका गरिएको छ।

पाकिस्तानको अल्पाइन क्लबका अनुसार बिहीबार दिउँसो करिब मध्यान्हतिर काराकोरम पर्वत शृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आरोहण गरिरहेको टोलीमाथि हिमपहिरो खसेको थियो।

प्रारम्भिक जानकारीअनुसार टोलीमा रहेका १० जना आरोहीसँग सम्पर्कविहीन भएको आशंका गरिएको छ। टोलीमा पाकिस्तान, ओमान, चीन, अमेरिका तथा नेपालमा जन्मिएका विश्वप्रसिद्ध आरोही निर्मल पुर्जा पनि सहभागी रहेको जनाइएको छ।

सन् २०१९ मा निर्मल पुर्जाले विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए।

पाकिस्तान अल्पाइन क्लबले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारका उच्च निकाय र सम्बन्धित निकायसँग समन्वय गरी खोज तथा उद्धार अभियान तीव्र पारिएको जनाएको छ।

मौसम र सञ्चालनसम्बन्धी अवस्था अनुकूल हुनेबित्तिकै हेलिकप्टरसहित उपलब्ध सबै उद्धार स्रोत परिचालन गरिने क्लबले जनाएको सीएनएनले उल्लेख गरेको छ।

पाकिस्तान अल्पाइन क्लबका अनुसार हिमपहिरोपछि सम्पूर्ण टोलीसँग सम्पर्क विच्छेद भएको छ। क्लबले खोज तथा उद्धार अभियान तत्काल सञ्चालन गर्न सरकारका उच्च निकाय र सम्बन्धित सबै निकायसँग निरन्तर समन्वय भइरहेको जनाएको छ।

क्लबले मौसम र सञ्चालनसम्बन्धी अवस्था अनुकूल हुनेबित्तिकै हेलिकप्टरसहित उपलब्ध सबै उद्धार स्रोत परिचालन गर्न हरसम्भव प्रयास भइरहेको पनि जनाएको छ।