हिमालयन बैंकको सीइओमा अशोक राणा नियुक्त


काठमाडौं – हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतमा दोस्रो पटक अशोक शमशेर राणा नियुक्त भएका छन् । अर्काे ४ वर्षे कार्यकालको लागि राणालाई नियुक्त गरिएको छ ।

सोमबार बसेको बैंक संचालक समिति बैठकले राणालाई नै प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । अर्काे कार्यकालको लागि बाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत पदमा लामो समय बस्ने नेपाली बैंकर पनि उनै हुन् ।

नेपाली बाणिज्य बैंकमा उनीभन्दा लामो समय प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बहन गरेका अरू नेपाली बैंकर छैनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement