यी ४ प्रदेशमा हिमपात हुने पूर्वानुमान

यी ४ प्रदेशमा हिमपात हुने पूर्वानुमान


काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले बुधबार राति ४ वटा प्रदेशका १–२ स्थानमा हिमपात हुने पूर्वानुमान गरेको छ ।

महाशाखाले कोशी प्रदेशको हिमाली क्षेत्रका १–२ स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको जनाएको छ ।

गण्डकी प्रदेशका हिमाली क्षेत्रका १–२ स्थानमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ ।

कर्णाली प्रदेशका हिमाली क्षेत्रका १–२ स्थानमा हल्का हिमपात हुने जनाइएको छ ।

सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका १–२ स्थानमा पनि हल्का हिमपातको सम्भावना छ ।

अन्य प्रदेशमा बुधबार राति कतै कतै मौसम बदली (आकाशमा बादल) को सम्भावना रहे पनि हिमपातको सम्भावना नभई वर्षाको सम्भावना देशभर नै रहेको महाशाखाले जनाएको छ ।