टीभी सीरियल क्वीन हिना खानले सुरु गरिन फिल्मको सुटिङ


एजेन्सी – टीभी सीरियल क्वीन हिना खानले फिल्ममा डेब्यु गरेकी छिन् । उनले विक्रम भट्टको फिल्मको सुटिङ सुरु गरेकी छिन् ।

यो फिल्मको छायांकन जुनमै सुरु हुने कुरा थियो । फिल्मको लागि भनेर हिनाले ‘कसौटी जिन्दगीकी २’ बाट ब्रेक पनि लिएकी थिइन् । तर, विभिन्न कारणले फिल्मको छायांकन हुन सकेको थिएन ।

हालै हिनाले फिल्मको छायांकन सुरु भएको जानकारी सामाजिक सञ्जाल इन्स्टाग्रामबाट दिएकी छिन् । उनले लेखेकी छिन्, ‘नयाँ शुरुवात, मलाई शुभकामना दिनुस् । सुरु गरौं विक्रम भट्ट ।’ उनले फिल्मको छायांकन सुरु गरेको जानकारी दिएपनि फिल्मको नाम उल्लेख गरेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement