भारतीय गृहमन्त्रीसँग अध्यक्ष प्रचण्डले भने : ‘सीमामा नेपाली लुटिने श्रृङ्खला रोक्नु र्पयो’


काठमाडौं – भारत भ्रमणमा रहेका (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका गृहमन्त्री राजनाथ सिंहबीच नेपालको आर्थिक समृद्धिमा दुवै देश मिलेर अघि बढ्ने विषयमा छलफल भएको छ ।

शुक्रबार अपराह्न भएको भेटमा पूर्वप्रधानमन्त्री दाहालले नेपाल र भारतबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

उनले सीमा क्षेत्रमा प्रवासी नेपालीमाथि हुने गरेका लुटपाटका घटनाका सम्बन्धमा गृहमन्त्री सिंहको ध्यानाकर्षण पनि गराए । भारतीय गृहमन्त्री सिंहले सीमा क्षेत्रका सबै अधिकारीलाई तत्कालै खबर गरी त्यस्तो घटना हुन नदिने विश्वास समेत दिलाएका थिए । प्रचण्डले भारतीय गृहमन्त्री सिँहसँगको भेटमा नेपाल र भारतबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement