गृहमन्त्री थापा र उत्तर कोरीयाका राजदुतबीच शिष्टाचार भेटवार्ता


काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो ।

मेनले नेपालका लागि नयाँ राजदुतको रुपमा कार्यभार सम्हालेकोमा उनलाई कार्यकाल सफलताको शुभकामना दिँदै गृहमन्त्री थापाले मेनको कार्यकालमा दुई देशबीचको सम्बन्धले थप उचाई लिने विश्वाँस व्यक्त गरे ।

पछिल्लो समय उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग बढाएको वार्ता र छलफलको स्वागत गर्दै त्यसको सफल परिणाम आउने आशा व्यक्त गरे । राजदूत मेनले नेपाल र उत्तर कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्ष पुगेको स्मरण गर्दै यो सम्बन्धलाई थप उचाइमा पु¥याउनुपर्नेमा जोड दिए ।

उनले नेपालमा आउने कोरियाली नागरिकलाई प्रवेशाज्ञा प्रक्रिया सहज बनाईदिन गृहमन्त्री थापासँग आग्रह गरे । भेटमा राजदुत मेनले गृहमन्त्री थापालाई उत्तर कोरिया भ्रमणको निम्तो समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement