चौतर्फी आलोचनापछि मिडियाको निगरानी गर्ने निर्देशन गृह मन्त्रालयले गर्‍यो खारेज

चौतर्फी आलोचनापछि मिडियाको निगरानी गर्ने निर्देशन गृह मन्त्रालयले गर्‍यो खारेज


काठमाण्डु- गृह मन्त्रालयले सञ्चारमाध्यमका विषय निगरानी गर्न र गलत गर्नेलाई कारबाही गर्न भनी प्रमुख जिल्ला अधिकारीहरूलाई दिएको निर्देशन खारेज गरेको छ ।

बिहीवार साँझ विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले सञ्चारमाध्यमको निगरानी र कारबाही गर्ने विषय निर्देशन खारेज गरेको जानकारी दिएको हो ।७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई गृहले पठाएको परिपत्रमा अनलाइन तथा छापा सञ्चार माध्यमको अनुगमन र कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा डेस्क राख्ने उल्लेख थियो ।

उक्त परिपत्र सार्वजनिक भएसँगै चौतर्फी विरोध सुरु भएको थियो । विराेध भएपछि बिहीबार साँझ नै गृह मन्त्रालयले अर्को विज्ञप्ति जारी गरी उक्त निर्देशन फिर्ता लिएइको जानकारी दिएको छ ।

‘मिति २०८० चैत ६ गते मन्त्रालयबाट यससम्बन्धी परिपत्र नभएको र सञ्चारमाध्यममा प्रकाशित सरोकारलाई समेत मध्यनजर गरी मस्यौदामा उल्लेख भएका उक्त बुँदाहरु हटाई अन्य विषयहरु मात्र समावेश गरी मिति २०८० चैत ८ गते परिपत्र गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ’, गृहका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।