गृहमन्त्री खाँण र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता


काठमाण्डु – गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले सोमबार बिहान गृह मन्त्रालय पुगेर मन्त्री खाँणसँग भेटवार्ता गरेका हुन् । भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारेमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

भेटमा गृहमन्त्री खाँणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुरुप कृषि रासायनिक मल छिटो उपलब्ध गराउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए । राजदुत श्रीवास्तवले आफूले पहल कदमी लिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement