मुलुकको सुरक्षा व्यवस्था थप मजबुद पार्न सम्बन्धित निकायलाई गृहमन्त्रीको निर्देशन


काठमाण्डु – गृहमन्त्री बालकृष्ण खाँणले मुलुकको सुरक्षा व्यवस्था थप मजबुद पार्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

सोमबार सिंहदरबारमा बसेको सरकारको केन्द्रीय सुरक्षा समितिको बैठकमा बोल्दै मन्त्री खाँडले चाडपर्वका बेला हुनसक्ने अपराधिक घटनाहरूलाई रोक्नका लागि मुलुकको सुरक्षा व्यवस्था थप मजबुद पार्न निर्देशन दिएका हुन् ।

बैठकले चाडबाडका बेला भिडभाड कम गरेर कोरोना संक्रमणको जोखिम घटाउन आग्रह गरेको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।

यसअघि पनि भिडभाड नियन्त्रण हुन नसक्दा कोरोना संक्रमण बढेको थियो । आजको बैठकमा कोरोना भाइरसलाई बढ्न नदिन सबै सुरक्षा अंगहरूले उच्च सतकर्ता अपाउने निर्णय भएको पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement