गृहमन्त्री थापा र पाकिस्तानी राजदूतबीच भेटवार्ता


काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादल र नवनियुक्त पाकिस्तानी राजदूत सैयद हैदरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

गृहमन्त्री थापा र राजदूत सैयद हैदरबीच गृह मन्त्रालयमा शिष्टाचार भेटवार्त भएको हो । भेटमा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपालमा राजदूतको रुपमा कार्यभार सम्हालेका हैदरलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । साथै उनले उनकोे राजदूत सैयदकाे कार्यकालमा नेपाल–पाकिस्तान सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement