निजी अस्पताललाई आइसोलेसन बनाउन गृह मन्त्रालयलाई पत्र


काठमाण्डु – जिल्ला प्रशासन कार्यालय काठमाण्डुले निजी अस्पताललाई आइसोलेसन सेन्टर बनाउन गृह मन्त्रालयलाई पत्र काटेको छ ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाण्डुमा कोरोना संक्रमित बढिरहेकाले निजी अस्पताललाई आइसोलन बनाउन पत्र काटिएको जानकारी दिए ।

‘गृह मन्त्रालयमार्फत् हामीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा सिफारिस गरेका छौं । पालिकाहरूमा रहेका क्वारेन्टिनलाई पनि हामीले आइसोलेसन सेन्टर बनाउन प्रस्ताव गरेका छौं’, उनले भने, ‘निजी अस्पताललाई आइसोलेसन बनाउन आग्रह गरिएको छ ।’

उनले मास्क नलगाई हिँड्नेलाई कडा कारबाही गरिने बताए । उनले सटडाउन लगाएर सामाजिक दूरी कायम नगरी भीडभाड गर्नेलाई जेल हाल्लनेसम्मको व्यवस्थ भएकाले कडाईका साथ प्रस्तुत हुने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement