परराष्ट्रमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता


काठमाण्डु – परराष्ट्रमन्त्री नारायण खड्का र नेपालका लागि भारतीय राजदूत विनयमाहन क्वात्राबीच भेटवार्ता भएको छ । उनीहरुबीच बुधबार भेटवार्ता भएको हो ।

मन्त्री खड्का र राजदूत क्वात्राबीच नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा राजदूत क्वात्राले नेपालले खरिद गरेको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप अर्को हप्ता नेपाल आइपुग्ने जानकारी गराएका थिए ।

नेपालले यसअघि नै भारतसँग कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप खरिद गरेको थियो । भारतले खोप निर्यातमा लगाएको प्रतिवन्ध हटाउने घोषणा गरेसँगै उक्त डोज खोप अर्को हप्ता नेपाल आइपुग्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement