हङकङको सुरक्षा कानून नेपालीको हितमा छः चिनियाँ दूतावास


काठमाडौं – नेपालस्थित चिनियाँ दूतावासले चीनको जनकंग्रेसले पास गरेको नयाँ सुरक्षा कानूनले हङकङमा रहेका नेपालीको पनि कल्याण गर्ने स्पष्ट पारेको छ ।

दूतावासले जारी गरेको बिज्ञप्तिमा चीनले हालै पास गरेको नयाँ सुरक्षा कानूनले हङकङमा रहेका नेपालीको पनि कल्याण गर्ने उल्लेख छ । हङकङमा करिब ३० हजार नेपाली स्थायी रुपमा बसोबास गरिरहेका छन् ।

हङकङको दीर्घकालीन समृद्धि र स्थिरताले हङकङका नेपालीको मात्र नभई चीन–नेपाल सहयोग र सहकार्यको पनि सुरक्षा र कल्याण नयाँ सुरक्षा कानूनले गर्ने बिज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement