प्रधानमन्त्री ओलीले लिए उपप्रधानमन्त्री र नगर प्रमुखको स्वास्थ्य अवस्थाबारे जानकारी

प्रधानमन्त्री ओलीले लिए उपप्रधानमन्त्री र नगर प्रमुखको स्वास्थ्य अवस्थाबारे जानकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

शनिबार पोखरामा भएको बेलुन आगलागीमा परेका उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यसहित अस्पताल पुगेका हुन् ।

उपचारमा संलग्न चिकित्सकले उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यको स्वास्थ्य अवस्था तथा उपचार प्रक्रियाबारे जानकारी गराएका थिए ।

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्य पोखरामा शनिबार भ्रमण वर्षको कार्यक्रमको उद्घाटनका क्रममा भएको घटनामा परी आगो लागेर घाइते भई अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका थिए ।

यसैगरी, प्रधानमन्त्री ओलीले केही दिनअघि कमलपोखरीस्थित शानदार मःम सेन्टरमा ग्यास सिलिन्डर बिस्फोटमा घाइते भई उपचाररतको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका छन् ।