चीनमा ६ दिनमा १ हजारलाई उपचार गर्ने अस्पताल बन्दै


वुहान – चीनमा केही दिनदेखि सुरु भएको कोरोनाभाइरस लागेको शंका लागेका बिरामीको उपचारका लागि ६ दिनमा तयार हुने गरी अस्पताल बनाउन सुरु गरिएको छ । यो भन्दा पहिले १० दिनमा अस्पताल निर्माण सम्पन्न हुने बताइएको थियो ।

हालसम्म चीनमा ४१ जनाको मृत्यु भइसकेको ८३० जनामा कोरोनाभाइरस लागेको पुष्टि भएको छ ।
१ करोड १० लाख जनसंख्या भएको वुहानबाट यो संक्रमण सुरु भएको थियो ।

यो शहरका अस्पतालमा चिन्ताग्रस्त मानिसहरूको भिड लागेको छ र औषधि पसलहरूमा औषधिको अभाव भएको छ । चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार यो अस्पतालमा १ हजार शैय्या हुनेछन् ।

चिनियाँ राज्य नियन्त्रित सञ्चारमाध्यमले प्रकाशित गरेको भिडिओ फुटेजमा २५,००० वर्ग मीटर क्षेत्रफल रहेको अस्पताल निर्माण क्षेत्रमा डिगरहरू देखाइएका छन् ।

सन् २००३ मा सार्स भाइरस संक्रमणका बेला बेइजिङमा यस्तै खालको अस्पताल बनाइएको थियो । त्यसैका आधारमा नयाँ अस्पताल बनाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement