काठमाडौंका होटल रेष्टुरेण्टबाट अनैतिक क्रियाकलाप गर्ने ६१ जना पक्राउ


काठमाडौं – काठमाडौं महानगरपालिका–१६, माछापोखरी वाइपासबाट प्रहरीले ६१ जनालाई पक्राउ गरेको छ ।

माछापोखरी, वाइपासस्थित विभिन्न होटेल, रेष्टुरेण्ट र सडक किनारबाट अनैतिक क्रियाकलापमा संलग्न ४४ जना पुरुष र १७ जना महिला गरी ६१ जनालाई बुधबार साँझ प्रहरीले प्रकाउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले स्विप अप्रेसन गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका मध्ये अनुसन्धान पश्चात १५ पुरुष र ६ महिला गरी २१ जनालाई आफन्तको जिम्मा लगाइएको छ भने अन्य ४० जनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement