प्रहरीले पैसा माग्यो, अनाहक दुख दियो भने ०१-४४१०१४४ मा कल गर्नुहोस

प्रहरीले पैसा माग्यो, अनाहक दुख दियो भने ०१-४४१०१४४ मा कल गर्नुहोस


काठमाडाैँ – प्रहरी आचरण सुधारकालागी आईजीपी सर्वेन्द्र खनालले ‘टेलिफोन हट लाईन’ सेवा शुरु गरेका छन । आम सर्वसाधाहरणले प्रहरी कर्मचारीहरुसंग सम्बन्धित गुनासा सुन्नकालागी प्रहरी मुख्यालयले ०१ ४४१०१४४ को हट लाईन सेवा शुरु गरेको हो ।

सो नम्वरमा उजुरी टिपाई सकेपछि मुख्यालयले त्यसपछि भएका काम कार्वाहीका विषयमा पनि पिडितलाई जानकारी गराउने छ । प्रहरी सेवा प्राप्त नभएको खण्डमा, प्रहरी कर्मचारीहरुले रिसवत मागेमा, जाहेरी लिन नमानेमा वा झुट्टा उजुरी दर्ता गरेमा, कानुन विपरित थुनामा राखेमा लगायतका विषयमा उजुरी सो हट लाईन सेवाबाट लिईने मुख्यालयले जनाएको छ ।