चीन गरिबमुक्त भएपछि राजदूत यान्छीको ‘डकुमेन्ट्री’ फिल्म सार्वजनिक (भिडियो)


काठमाण्डु – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन गरिबीमुक्त भएको खुसीयालीमा एउटा डकुमेन्ट्री फिल्म सार्वजनिक गरेकी छिन् ।

बुधबार राजदूत यान्छीले चीन अब गरिब नरहेको औचित्य पुष्टि गर्न ५० मिनेट लामो एउटा डकुमेन्ट्री फिल्म सार्वजनिक गरेकी हुन् । न्यू चाइना टिभीको उक्त डकुमेन्ट्रीमा चीनले कसरी गरिबी निवारण गर्न सक्यो भन्ने कुरा चित्रण गरिएको छ ।

गतसाता चीनले आफ्नो मुलुक गरिबीमुक्त भएको घोषणा गरेको थियो । चिनियाँ विशेषतासहितको मापदण्डअनुसार १० करोड नागरिकलाई गरिबीबाट मुक्त गरिएको घोषणा राष्ट्रपति सी जिङपिङले गरेका थिए ।

यस्तो छ राजदूत यान्छीको डकुमेन्ट्री

प्रतिक्रिया दिनुहोस
Advertisement