नेपाललाई ८ लाख डोज कोरोनाको खोप दिने चीनको घोषणा


काठमाण्डु – चीनले नेपाललाई आठ लाख डोज खोप उपलब्ध गराउने भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार साँझ ट्वीट गर्दै नेपाललाई थप आठ लाख खोप डोज पुर्याउने बताएकी हुन् । यसअघि चीनले ५ लाख डोज खोप दिने घोषणा गरेको थियो ।

राजदूत यान्छीले कोरोनाविरुद्ध विजय हासिल गर्न हातेमालो गर्दै अघि बढ्ने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement