राजविराज सप्तरी सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका ५ मा आज भएको आगलागीबाट १२ वटा घर नष्ट भएका छन् ।
स्थानीय बुचु खङ्गको घरमा अचानक आगो लागेपछि निजसहित पाँच परिवारका ती घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सो आगलागीमा सगन खङ्ग, दुखाई खङ्ग, लखन खङ्ग र नारायण खङ्गको घर जलेको स्थानीयवासी मनोज मेहताले जानकारी दिए ।
आगलागीको कारण खुलेको छैन भने यसबाट करिब २५ लाखको क्षति भएको उनले बताए। स्थानीयवासी तथा प्रहरीले आगो नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




प्रतिक्रिया