ह्वावेको १८ औं ग्लोबल एनालिस्ट समिट सम्पन्न


शेन्जेन – ह्वावेको १८ औं ग्लोबल एनालिस्ट समिट सम्पन्न भएको छ । अनलाइनमार्फत आयोजना गरिएको कार्यक्रममा उद्योग र वित्तीय विश्लेषकहरू, मुख्य ओपिनियन लिडरहरू र मिडिया प्रतिनिधिहरू सहित ४०० भन्दा बढी प्रतिनिधिहरु सहभागी भएका थिए ।

ह्वावेका रोटेटिङ अध्यक्ष एरिक जूले २०२० मा कम्पनीको व्यवसाय प्रदर्शनका साथै पाँचवटा रणनीतिक पहलहरू अगाडि बढिरहेको बताए ।

अध्यक्ष जूका अनुसार, ह्वावेले यी कामहरु गर्नेछः

व्यापार लचिलोपन बढाउन यसको पोर्टफोलियो अनुकूलन गर्नु। यी प्रयासहरूको एक हिस्साको रूपमा ह्वावेले आफ्नो सफ्टवेयर क्षमतालाई सुदृढ पार्नेछ र अत्याधुनिक प्रक्रिया प्रविधिहरूमा कम निर्भरहुर्ने व्यवसायहरूमा साथै इन्टेलिजेन्ट सवारीका लागि चाहिने कम्पोनेन्टहरूमा बढी लगानी गर्नेछ ।

मोबाइल संचारको विकासलाई ड्राइभ गर्न उद्योगका पाट्नरहरूसँग फाइभ जीको भ्यालु बढाउने र फाइभ जीलाई परिभाषित गर्नेछ । सिमलेस, प्रयोगकर्ता–केंद्रित र अल युजर सिनारियोमा इन्टेलिजेन्ट अनुभव प्रदान गर्नेछ ।

कम कार्बन खपत गर्नेसंसारको लागि ऊर्जा आविष्कार गर्नेछ ।

आपूर्ति निरन्तरताका चुनौतीहरूको सम्बोधन गर्नेछ ।

‘उद्योगलाई फेरि ट्र्याकमा ल्याउनका लागिविश्वव्यापी सेमिकन्डक्टरसप्लाई चेनमा विश्वासको पुनःनिर्माण र सहयोगको पुनः स्थापनाअत्यन्त महत्वपूर्ण छ,’ एरिक जूले भने ।

‘अगाडि बढ्दै जाँदा हामी आफूलाई जटिल र अस्थिर वैश्विक वातावरणमा पाउनेछौं । कोभिड–१९ को पुनरुत्थान र भू–राजनीतिक अनिश्चितताले हरेक संगठन, व्यवसाय र देशका लागि जारी चुनौतीहरू प्रस्तुत गर्दछ । हामी डिजिटल टेक्नोलोजीको शक्तिमा विश्वास गर्दछौं । जसले हामी सबैले सामना गर्ने समस्याहरूलाई नयाँ सोलुसन प्रदान गर्दछ । त्यसैले हामी नयाँ ग्राहक र साझेदारहरूको साथ प्रत्येक व्यक्ति, घर र संगठनमा पूर्ण रुपमा कनेक्टेडइन्टेलिजेन्ट संसारका लागि डिजिटल अबलमबन गर्न डिजिटल रुपान्तरणलाई अगाडि बढाउने क्रमलाई जारी राख्नेछौं,’ उनले भने ।

बोर्डका निर्देशक र ह्वावेका रणनीतिक अनुसंधान संस्थानका अध्यक्ष विलियम जूले आगामी दशकमा सामाजिक कल्याणलाई प्रभाब पार्ने चुनौतीहरू बढ्दो जनसंख्या र बढ्दो उर्जा खपत रहेको बताए ।

उनले २०३० को इन्टेलिजेन्ट संसारमा ह्वावेको दृष्टिकोणलाई अगि सारे । जसमा नौ प्राविधिक चुनौतीहरू र अनुसन्धान प्रयासहरूको लागि प्रस्तावित निर्देशनहरू समावेश छन् ।

यी हुन् प्रस्तावित निर्देशनहरू:

  फाइभ जी को परिभाषाले अरबौंको विभिन्न प्रकारका कनेक्सनहरूको समर्थन गर्ने

फाइबर क्षमतालाई वृद्धि गर्ने नानोस्केल अप्टिक्सको विकास गर्ने

सबै चीजहरू कनेक्ट गर्न नेटवर्क प्रोटोकलहरू अनुकूलन गर्ने

पर्याप्त उन्नत कम्प्युटिंग शक्तिप्रदान गर्दै इन्टेलिजेन्ट संसारलाई समर्थन गर्ने

 औद्योगिक एआईमा सफलता ड्राइभगर्न भारी डाटाको मात्राबाट ज्ञान निकाल्ने

१०० एक्स डेन्सर स्टोरेज प्रणालीहरूको लागि भ्यान न्युमेन आर्किटेक्चर भन्दा अगाडि बढ्ने

 हाइपर–रियलिटी बहु–मोडल अनुभवको लागि कम्प्युटिंग र सेन्सिङलाई संयोजन गर्ने

 मानिसहरूलाई अझ सक्रिय रूपमा आफ्नो स्वास्थ्यको हेरचाह ब्यबस्था गर्नका लागि महत्वपूर्ण संकेतहरूको निरन्तर स्वम–निगरानीको लागि सक्षम पार्ने

 ग्रीनर इलेक्ट्रिसिटीको उत्पादन, स्टोरेज र खपतका लागि इन्टेलिजेन्ट इन्टरनेट अफ एनर्जी निर्माण गर्ने

विलियम जूले भने, ‘आउँदो दशकमा हामी समाजमा धेरै ठूलो सुधारहरू देख्न सक्ने छौं । यी प्रयासहरूलाई प्रबर्धन गर्न हामी विभिन्न उद्योग, शिक्षाविद्, अनुसन्धान संस्थानहरू र अनुप्रयोग विकासकर्ताहरूसँग मिलेर विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्ने आशा राख्दछौं । एक साझा दृष्टि संगै, हामी सबैको अन्वेषण गर्ने एउटा भूमिका रहेको छ कि कसरी कनेक्शनहरू बलियो बनाउने, छिटो कम्प्युटिंग गर्ने र एनर्जीग्रीनर गर्नेभनेर । आउनुहोस्, २०३० मा एक इन्टेलिजेन्टसंसारतिर अगाडी बढौं ।’

पहिलो ह्वावे ग्लोबल एनालिस्ट शिखर सम्मेलन २००४मा आयोजित भएको थियो । र त्यस बेलादेखि वार्षिक रूपमा आयोजना हुँदै आएको छ । यस बर्षको शिखर सम्मेलन, ‘बिल्डिंग ए फुल्ली, इन्टेलिजेन्ट वर्ल्ड’ अप्रिल १२ देखि १४ सम्म चल्ने हुवावेले जनाएको छ । उक्त सम्मेलनमा विश्वभरका उद्योग विशेषज्ञहरूले उनीहरूको युनिक अन्तरदृष्टि प्रकट गर्ने र भविष्यका ट्रेन्ड्समा छलफल गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement