पहिलो त्रैमासिकमा ह्वावेले गर्‍यो सीएनवाई १५२.२ बिलियन राजस्व संकलन


चीन – पहिलो त्रैमासिकमा ह्वावेले सीएनवाई १५२.२ बिलियन राजस्व संकलन गरेको छ । ह्वावेले सीएनवाई १५२.२ बिलियन राजस्व सन्कलन गरेको छ, जुन वार्षिक रुपमा १६.५ प्रतिशतले घटेको हो । २०२० नोभेम्बर मा अनर स्मार्ट उपकरण ब्रान्ड बेचेको परिणाम स्वरूप उपभोक्ता व्यवसायको राजस्व घटेको छ भने आफ्नो नेटवर्क व्यवसायले स्थिर रुपमा बृद्धि गरेको हो ।

ह्वावेले आज २०२१ को पहिलो त्रैमासिकको लागि आफ्नो व्यापार परिणामको घोषणा गरेको छ जुन पूर्वानुमान गरिएको झैं पाइएको छ । ह्वावेले कुल नाफा मार्जिन ३.८ प्रतिशत पोइन्ट वार्षिक ११.१ प्रतिशतमा बृद्धि भएको छ । जुन कम्पनीको संचालन र व्यवस्थापन दक्षताको सुधारका लागि चलिरहेको प्रयास साथै ६०० मिलियन अमेरिकी डलरको रोयल्टी आय को परिणाम पनि हो ।

२०२१ हाम्रो लागि अर्को चुनौतीपूर्ण वर्ष हुनेछ तर यो फेरी हाम्रो भावी विकास रणनीतिले आकार लिने वर्ष हुनेछ,  ह्वावेका रोटेटिंग अध्यक्ष एरिक झुले भने । हामी हाम्रा ग्राहकवर्ग र साझेदारहरूको निरन्तर विश्वासका लागि धन्यवाद दिन्छौं । जस्तोसुकै चुनौती आए पनि हाम्रो व्यापारलाई बलियो राख्नेछौं ।

केवल टिकाउको लागि मात्र नभई दिगो रूपमा कार्य गर्नेछौं । सँधै जसरी हामी हाम्रा ग्राहकहरुको आवश्यकतामा ध्यान दिनेछौं र व्यावहारिक व्यापार भ्यालु प्रदान गर्न जारी राख्ने छौं ।ह्वावे फाइभ जीको भ्यालु पूर्ण रूपमा अगाडि ल्याउने कोशिस गर्दै छ ।

यसले विश्वभरका क्यारियरहरूलाई उपभोक्ता र उद्योगहरूको मागहरू एकसाथ पूरा गर्दै उनीहरूको फाइभ जी नेटवर्क रोल आउट गर्न मद्दत पु¥याइरहेको छ जहाँ यसले डेलिभरी दक्षता बढाइरहेको छ । यसले आफ्नो सफ्टवेयर इञ्जिनियरिंग क्षमताहरू सुधार गर्न र सफ्टवेयर क्षेत्रमा लगानी बढाउने क्रम जारी राख्दछ र क्रमिक रूपमा यसको कुल राजस्व मिक्समा सफ्टवेयर र सेवाहरूको अनुपात वृद्धि गर्दछ ।

ू हामी बजारमा प्रतिबन्धको कारण आएको चुनौतीहरूको निरन्तर सामना गर्ने भएको हुँदा सधैं जस्तै हामी प्राविधिक इनोभेसन र आर एण्ड डी मा धेरै लगानी गर्न प्रतिबद्ध छौं । झुले भने, हामी आधारभूत विज्ञानमा निरन्तर सफलता हासिल गर्ने छौं र टेक्नोलोजीको सीमालाई अगाडि बढाउने छौं ।

१९८७ मा स्थापित ह्वावे सूचना र सञ्चार प्रविधि (आईसीटी) पूर्वाधार र स्मार्ट उपकरणहरूको एक प्रमुख वैश्विक प्रदायक हो । हामीसँग १९४,००० भन्दा बढी कर्मचारीहरू छन् र हामी १७० भन्दा बढी देश र क्षेत्रहरूमा कार्यरत छौं, विश्वभरि तीन अर्ब भन्दा बढी मानिसहरूलाई सेवा प्रदान गरिएको ह्वावे जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement