ह्वावेले सुरू गर्यो इन्टेलिजेन्ट भेहिकल कम्पोनेन्ट


शंघाई – ह्वावेले इन्टेलिजेन्ट कम्पोनेन्ट र सोलुसनहरू सुरू गरेको छ । जसमा फोरडी इमेजिङ रडार,एआर एचयूडी र एमडीसी ८१० को ह्वावे इनसाइड प्रोडक्ट लन्च फोकस्ड इनोभेसन फर इन्टेलिजेन्ट भेहिकलमा सुरुवात गरिएको थियो।

ह्वावेले इन्टेलिजेन्ट अटोमोटिभ कम्पोनेन्ट्सलाई यसको दीर्घकालीनको रूपमा लिएको छ । कम्पनीले यस क्षेत्रमा,विशेष गरी अटोनोमस ड्राइभिङ सफ्टवेयरको विकासमा उन्नत अटोनोमस ड्राइभिङ प्रणाली निर्माण गर्न, अझ बढी लगानीहरू गर्न जारी राख्ने जनाएको छ ।

यस वर्ष ह्वावेले इन्टेलिजेन्ट अटोमोटिभ कम्पोनेन्टको आर एण्ड डीमा ५ हजार भन्दा बढी व्यक्तिकोे टिम बनाउने समेत जनाएको छ । यी उत्पादनहरू ओइएमएसलाई उन्नत इन्टेलिजेन्टभेहिकलहरू निर्माण गर्न र चिनियाँ अटोमोटिभ उद्योगलाई टेक्नोलोजी अपग्रेड गर्न र नयाँ ऊर्जा र अटोनोमस ड्राइभिङको पायोनियर बन्न सहयोगको लागि डिजाइन गरिएको हो।

युरोप, जापान र चीनमा रहेको आर एण्ड डीकेन्द्रहरूको माध्यमबाट हाई–एन्डको प्रतिभालाई हुर्काएर, ह्वावेको उद्देश्य इनोभेसनमा केन्द्रित भई यसको उत्पादन प्रतिस्पर्धालाई अझ सुदृढ पार्ने कम्पनीले जनाएको छ । अक्टोबर २०२० मा ह्वावेले एचआई ब्रान्डको सुरुवात गरेको थियो । डिजिटल कार सम्बन्धित नयाँ कम्पोनेन्ट प्रदायकको रूपमा ह्वावेले ओइएमएससँग इनोभेटिब “ह्वावे इनसाइड“ पहल अन्तर्गत प्रिमियम इन्टेलिजेन्ट साधनहरू निर्माण गर्न काम गरिरहेको छ ।

जसमा इन्टेलिजेन्ट गाडीका लागि एक नयाँ डिजिटल आर्किटेक्चर, पाँच इन्टेलिजेन्ट सोलुसन (इन्टेलिजेन्ट ड्राइभिंग, इन्टेलिजेन्टककपिट, एमपावर, इन्टेलिजेन्टकनेक्टिभिटि रइन्टेलिजेन्टभेहिकल क्लाउड) र ३० भन्दा बढी इन्टेलिजेन्ट कम्पोनेन्ट्स समावेश गरिएको छ ।ह्वावेइनसाइड पहल”,अटोमेकर्सको सवारीसाधन निर्माण गर्ने क्षमता संग ह्वावेको प्राविधिक शक्तिएकीकृत गरेर हाई–एन्डइन्टेलिजेन्टसवारीसाधन निर्माण गर्न डिजाइन गरीएको हो जसले अधिक रमाइलो ड्राइभिङ अनुभव प्रदान गर्दछ,ूह्वावेका इन्टेलिजेन्टअटोमोटिभ सोलुसनयुनिट आएएसबीयूका अध्यक्ष विलियम वाङले भने ।

इन्टेलिजेन्ट सवारी साधनको तीब्र रूपान्तरणको सामना गर्दै ह्वावे इनोभेसन मार्फत अटोनोमस सवारी साधनहरूको भविष्य उज्वल पार्न प्रतिबद्ध छ।

ह्वावे इन्टेलिजेन्ट ककपिट सोलुसनले स्वयं–विकसित कम्प्युटिङ प्लेटफर्म र हर्मोनि(ओस (ककपिट) लाई अपनाएको छ । जसमा एक विस्तृत एप्लिकसन, सफ्टवेयर र हार्डवेयर इको सिस्टम रहेको हुन्छ । ओएमएस, टियर –१ विक्रेताहरू, र एप्लिकसन साझेदारहरूको साथ खुला सहकार्यकोे माध्यमबाट चाहिएकोसेवाहरू र कार्यहरू प्रदान गर्दछ।प्रयोगकर्ता अनुभवलाई निरन्तरता दिनको लागि ह्वावेले इन्टेलिजेन्ट ककपिटका लागि अत्याधुनिक प्रविधिहरू विकास गरेको छ।

ह्वावेको उच्च रिजोलुसन फोर डी इमेजिङ रडारले १२ टी २४ आर ठूलो एन्टेना एरे (१२ प्रसारण च्यानलहरू र २४रीसिभ च्यानलहरू) प्रयोग गर्दछ जसले परम्परागत एमएमवेभ रडार (३टी४ आर) को एन्टेना कन्फिगरेसनमा २४–गुणा सुधार गर्दछ र उद्योग इमेजिंग रडारहरूभन्दा ५०% बढी च्यानल प्राप्त गर्दछ, यसले इमेजिंग रडारलाई ठूलो परिमाडमा उत्पादनको लागि सबैभन्दा ठूलो एन्टिना एर्रे उपलब्ध गराउदछ ।

ह्वावे एमडीडी ८१०—अतुलनीय कम्प्यूटिंग शक्ति भएको एक प्लेटफर्म

वर्तमानमा, इन्टेलिजेन्ट ड्राइभिङ उद्योगले ठूलो उत्पादनको दिशातिर गति बढाइरहेको छ। ह्वावे एक खुला र स्टान्र्डड एमडीसी निर्माण गर्न समर्पित छ । हार्डवेयर, सफ्टवेयर र सेक्यूरिटि ईन्जिनियरिङको ठोस अनुभव र उपलब्धिहरूको आधारमाह्वावेले इन्टेलिजेन्ट ड्राइभिङको लागि सब भन्दा शक्तिशाली कम्प्युटिङ प्लेटफर्म निर्माण गरेको छ एमडीसी-इन्टेलिजेन्ट सवारीको विशाल उत्पादनलाई गति प्रदान गर्दछ।

एमडीसी ८१० अटो शंघाई २०२१ को बखत सुरू गरिएको एक बिशाल उत्पादन भएको इन्टेलिजेन्ट ड्राइभिङ कम्प्युटिङ प्लेटफर्म हो जसमा उद्योगको उच्च कम्प्युटिङ पावर छ। यसले एएसआइएलडी सुरक्षा आवश्यकताहरूको पालनामा ४०० टीओपीएस सम्मकोे कम्प्युटिङ पावर प्रदान गर्दछ।

ह्वावे एमडीसी एक खुला, स्ट्यान्डराइज्ड प्लेटफर्म हो । जुन इन्टेलिजेन्ट ड्राइभिङ उद्योगको बृद्धि गर्नका लागि लक्षित छ।सेन्सर, याक्चुएटर र एप्लिकसन एल्गोरिदम विक्रेताहरु संग एमडीसीमा आधारित यस्तो प्रविधि इकोसिस्टम निर्माण गर्न ह्वावेनजिकबाट काम गरिरहेको छ।
ह्वावे अक्टोपस, एक खुला अटोनोमस ड्राइभिङ प्लेटफर्म

ह्वावे अक्टोपसले इन्टेलिजेन्ट ड्राइभिङको लागि डाटा–ड्रिभन, क्लोज–लूप प्लेटफर्म निर्माण गर्न विशाल डाटा एचडी, नक्शा र उन्नत एल्गोरिदम प्रयोग गरेको छ । यसको भेहिकल–क्लाउड सिनर्जी, उद्योग–अग्रणी एनोटेसन क्षमता, अपग्रेड गरिएको भर्चुअल सिमुलेसन र वान–स्टप सेक्यूर, क्लाउड सेवाहरूमा निर्भर गर्दै ओइएमएसलाई स्क्र्याच, कम विकास आवश्यकताहरू र विकासको दक्षतासुधार गर्न अटोनोमस ड्राइभिङ विकास क्षमताहरू निर्माण गर्न ह्वावे अक्टोपसको डिजाइन गरिएको हो।

क्लाउड अटोनोमस ड्राइभिङ विकास र यसको व्यावसायीकरण बीचको एक मात्र पुल हो । कभरेज, सुरक्षा र स्केलेबिलिटी मुद्दाहरू समाधान गर्न मद्दत गर्नको लागि सबै क्षेत्रहरूमा सवारी साधनहरू स्थानीय क्लाउडमा जडान हुनुपर्दछ जुन अटोनोमस ड्राइभिङ व्यावसायिकरणको साथ आउँदछ।

क्लाउडमा डाटा सार्दै विकासकर्ताहरूले उपकरण कोठा विस्तारको बारेमा चिन्ता लिनु पर्दैन, डाटाको ठूलो मात्रा समायोजित गर्न, तिनीहरूलाई कोर एल्गोरिदम विकासमा बढी केन्द्रित गर्न अनुमति दिँदछ ।

एचडी नक्शा अटोनोमस ड्राइभिङको लागि पनि महत्वपूर्ण तत्व हो। यसको तयारीमा, ह्वावेले आधिकारिक रूपमा आफ्नोे अन्तिम एचडी नक्शा क्लाउड सेवा क्षमता र रोडम्याप उद्घाटन बेला घोषणा गरिएको थियो । हाल, ह्वावेले इलेक्ट्रोनिक नेभिगेसन नक्शा उत्पादन गर्न ग्रेड–ए सर्वेक्षण र म्यापिङ योग्यता प्राप्त गरेको छ र विस्तृत एचडी नक्शा डाटा संग्रह र म्यापिङ क्षमताहरू विकास गरेको छ।

ह्वावे टीएमएस एक इन्टेलिजेन्ट, एकीकृत थर्मल व्यवस्थापन प्रणाली निर्माण गर्दै

सरलीकृत आर्किटेक्चर अपनाएर र कम्पोनेन्टहरू साथसाथै कन्ट्रोल फङ्सन को प्रयोग गरेरह्वावे टीएमएसले १० डिग्री सेल्सियस देखि –१८ डिग्री सेल्सियससम्म पम्पहरूको अपरेटिङ तापमान गरिरहन्छ ।

अटोमोबाइल उद्योग इलेक्ट्रिक पावरमा सर्दै जाने क्रममा थर्मल प्रबन्धन प्रणालीको महत्व बढ्दै गएको छ । हाल, प्राय एनइभीएस असक्षम पीटीसी हीटिंग सोलुसन प्रयोग गर्दछ, जसले तापमानको दायरालाई ३० प्रतिशत देखि ४० प्रतिशत सम्म घटाउँदछ।

अटो शंघाई २०१९ माह्वावेले आधिकारिक रूपमा इन्टेलिजेन्टसाधनहरूको अटोमोटिभकम्पोनेन्ट्स बजारमा प्रवेश गरेको घोषणा गरेको थयिो । र विगत दुई बर्षमा ह्वावेले प्रमुख वैश्विक साधन निर्माताहरु संग व्यापक सहकार्य स्थापित गरेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement