प्रयोगशालामै पहिलो पटक उत्पादन भयो मानवडिम्ब


काठमाडौं– प्रयोगशालामा पहिलो पटक सफलतापूर्वक मानव डिम्बको उत्पादन भएको छ।

इडिन्बर्ग विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले सफलतापूर्वक मानव डिम्बको उत्पादन गरेपछि अब डिम्बाशयबाहिर पनि डिम्बलाई परिपक्व बनाउन सकिने भएको छ।

विज्ञानका लागि रहस्य नै रहेको मानव डिम्बको विकाससँग सम्बन्धित पाटो पनि यसबाट बुझ्न सकिने बीबीसीले उल्लेख गरेको छ।

यो प्रविधिले क्यान्सर रोगको उपचार गरिएका बालिकाहरूको प्रजनन क्षमता सुरक्षित राख्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

विज्ञहरूका अनुसार यो उत्साहजनक र अद्वितीय उपलब्धि हो। तर चिकित्सकीय प्रयोजनमा ल्याउनका लागि यसमा थप सुधार हुनु पर्नेछ।

जन्मिदा महिलाहरूको डिम्बाशयमा अपरिपक्व डिम्बहरू हुन्छन् जुन यौवनकालमा पूर्ण रूपमा विकसित हुन्छन्।

दशकौँको प्रयासपछि अब डिम्बाशयबाहिर पनि डिम्बलाई परिपक्व बनाउन सकिने भएको छ।

त्यसका लागि प्रयोगशालाको नियन्त्रित परिस्थितिमा अक्सिजन, हर्मोन र प्रोटिन एवम् डिम्ब हुर्काउन प्रयोग गरिने माध्यम आवश्यक पर्छ।

मानव तन्तुको विकासको यो चरणसम्म पुग्न सम्भव छ भन्ने मान्यताको प्रमाण पाउनु धेरै उत्साहजनक हो

वैज्ञानिकहरूले यो सम्भव भएको देखाए पनि ुमलिक्युलर ह्युमन रिप्रडक्शनु जर्नलमा प्रकाशित पद्धतिमा थप सुधार आवश्यक छ।

प्रतिक्रिया दिनुहोस
Advertisement