४० लाख रकमसहित २ जना हुन्डी कारोबारी पक्राउ

४० लाख रकमसहित २ जना हुन्डी कारोबारी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाण्डु बाट हुन्डीको ४० लाख ३२ हजार ५सय रुपैयाँसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको कलकता घर भई हाल काठमाडौँ महानगरपालिका २३ ओमबहाल बस्दै आएका ६७ वर्षीय सुरज दत्त र रुपन्देहीको देवदह नगरपालिका घर भइ काठमाडौँको चन्द्रगिरि १५ तिनथाना बस्दै आएका ६३ वर्षीय धर्मप्रसाद ढकाल छन्।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाण्डुबाट खटिएको प्रहरी टोलीले काठमाण्डु महानगरपालिका–२४ विशाल बजार कम्पनी लिमिटेडको भुइँ तलामा खानतलासी गरी रकम फेला पारेको हो ।

उनीहरुको साथवाट २ थान मोवाइल, विभिन्न सहकारी संस्थाका ३२ थान चेकबुक र पासबबुक बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।