आज तराई र पहाड यी जिल्लामा तीव्र वेगको हुरी चल्ने, विभागले गर्‍याे चेतावनी जारी

आज तराई र पहाड यी जिल्लामा तीव्र वेगको हुरी चल्ने, विभागले गर्‍याे चेतावनी जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आज (शुक्रबार) राति देशभरकै तराई र पहाडी क्षेत्रमा तीव्र वेगको हुरी चल्ने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले शुक्रबार चेतावनी जारी गरेको हो ।

विभागले सूचना छ, ‘आज राति देशका तराई र पहाडी क्षेत्रमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना छ। हावाहुरीसहित कतिपय ठाउँमा असिना पानी पनि पर्ने सम्भावना देखिन्छ। नक्सामा सुन्तला रङ लगाइएको तराई क्षेत्रका बासिन्दाले सतर्क रहनुहोला। पहेँलो रङ लगाइएको पहाडी क्षेत्रका बासिन्दाले मौसमबारे जानकारी लिँदै गर्नुहोला।’

तराईका २१ जिल्लामा सुन्तला रङ लगाइएको छ भने ३६ जिल्लामा पहेलो रङ लगाइएको छ ।

यस्तै जल तथा मौसम विज्ञान विभागले आज देशैभर वर्षाको सम्भावना रहेको बताएका छन् ।उनका अनुसार कुनै–कुनै ठाउँमा भारी वर्षा हुने सम्भावना पनि छ ।

गत २४ घण्टामा डडेलधुराको ज्यामिरखालीमा सबैभन्दा धेरै १४४ मिलिमिटर वर्षा भएको थियो । यसैगरी कैलालीको बुढिआममा ११४।८ मिलिमिटर वर्षा मापन भएको थियो ।

पूर्वी नवलपरासीको देउरालीमा ११७।२, पर्वतको पन्चासेमा १००, धनकुटाको पाख्रिबासमा ८९।४, सिन्धुपाल्चोकको गोब्रेमा ८० र काठमाडौंको बबरमहलमा ७७ मिलिमिटर वर्षा मापन भएको थियो ।