एशिया प्यासिफिक क्षेत्रमा डिजिटल प्रविधि रुपान्तरण गर्ने ह्वावेको तयारी


काठमाण्डु – ह्वावेले एशिया प्यासिफिक क्षेत्रमा डिजिटल रुपान्तरण गर्ने भएको छ । बिहीबार ‘डिजिटल ट्रान्सफोर्मेसन लिडिङ्ग टु अड्याप्टिभ इन्टरप्राइजेज’को विषयवस्तुमा छलफल गर्न ह्वावेले एपीएसी इन्टर्प्राइज डिजिटलाई जेसन शिखर सम्मेलन आयोजना गरेको थियो ।

सम्मेलनमा ह्वावेले कोभिड–१९महामारीका कारण औद्योगिक डिजिटलाई जेसनले द्रुत विकासको नयाँ चरणमा प्रवेश गरेको जनाएको छ । ह्वावेले यसलाई दृढ लचिलो बजार र बृद्धिको ठूलो सम्भावना भएको संकेत गरेको छ । ह्वावेले भविष्य उन्मुख ईलास्टिक आईसीटी आर्किटेक्चरले उद्यमहरूलाई ‘ब्ल्याक स्वान’ घटनाको प्रभावको सामना गर्न र ब्यापार मोडेलहरू परिवर्तन गर्न मद्दत गर्ने बताएको छ ।

‘संस्थाहरूले उनीहरूको रिकभरी यात्रालाई तीव्र गर्दै गर्दा र अबको नयाँ जनजीवनमा प्रतिस्पर्धा गर्न आफू तयार हुँदै गर्दा महत्वपूर्ण पूर्वाधार जस्तै डिजिटलरआईटी र नेटवर्क इन्फ्रास्ट्रक्चरलाई मुख्य कार्यकारी अधिकृतको नयाँ बिजनेस एजेन्डा आइटम मध्य एकको रूपमा उजागर गरेको छ,’ शिखर सम्मेलनमा ईन्टरनेशनल डाटा कोर्पोरेसन (आईडीसी) का ग्रुपउपाध्यक्ष सान्ड्रा एनजीले भने ।

यस रूपान्तरणको सहज प्रगति सुनिश्चित गर्न उद्यमहरू प्राविधिक चुनौतीहरूलाई लिएर लचिलोेर अनुकूली हुनुपर्दछ, स्यान्ड्रा एनजीले टिप्पणी गरेका छन् । उनले यस क्षेत्रका कम्पनीहरूको शिर्ष ब्यबस्थापनका लागि नयाँ बिजनेस एजेन्डा पनि ल्याएको बताएका छन् ।

‘आईडीसी वर्ल्डवाइड सेमिअन्युअल डिजिटल ट्रान्सफोर्मेसन स्पेन्डिङ गाइड’ अनुसार, २०१९ मा,एसिया प्यासिफिक क्षेत्रमा मात्रै व्यापारिक अभ्यास, उत्पादन र संगठनहरूको डिजिटल रूपान्तरण प्रवर्धन गर्ने उद्देश्यका लागि प्रविधि र सेवामा कुल ३.८खर्ब अमेरिकी डलर खर्च भएको थियो । यो अनुमान गरिएको छ कि २०२२ सम्ममा १७.४५ को वार्षिक बृद्धि भई लगानी बढ्ने कम्पनीको विश्वास छ ।

कम्पनीले उद्योगका अग्रणीहरू र एशिया प्रशान्तका चिन्तन गर्ने नेतृत्वभेला भएर कसरी इनोभेटिव आईसीटी टेक्नोलोजी जस्तै 5G, क्लाउड र एआईमार्फत उद्यमहरूले डिजिटल रूपान्तरणको गति बढाउन मद्दत गर्न सक्दछ र कोभिड–१९ पछिको विश्वमा भएका परिवर्तनहरूसँग अनुकूलन गर्न सकिन्छ भनेर छलफल गरेका थिए ।

व्यापक इन्टेलिजेंसको लागि हरेक क्याम्पसमा डिजिटल प्रबिधी

कम्पनीले 5G र IoT ले तीव्र रूपमा इन्टरप्राइज आईसीटी पूर्वाधार परिवर्तन ल्याउने जनाएको छ । ह्वावेले धेरै उद्यमहरूले आफ्नो डिजिटल रुपान्तरण यात्रामा उत्तम र उपयुक्त प्रविधि र आर्किटेक्चरको अन्वेषण गरिरहेको उल्लेख गरेको छ । ह्वावेले 5G र इन्टरप्राइज नेटवर्कमा एक विश्व अग्रणीको रूपमा IP, Optical  5G न्पहुँच समग्रमा कन्भर्जेन्ट क्याम्पस नेटवर्क निर्माण र उद्यम रूपान्तरण यात्रामा बिभिन्न व्यापारिक आवश्यकताहरुलाई सम्बोधन गर्ने बारे आफ्नो धारणा राखेको थियो

5G+AI+मार्फत APAC  डिजिटल रुपान्तरण तीव्रता

महामारीको प्रकोपले उद्यमहरूको क्लाउड रुपान्तरणलाई पनि तीव्र पारेको ह्वावेले जनाएको छ  । ‘ह्वावे क्लाउडको फुल स्ट्याक एआई सोलुसनलाई प्रत्येक उद्योगमा ठूलोमात्रामा एआई कार्यान्वयनको गतिलाई मुल उत्पादन प्रणालीहरूमा लागू गरिएको छ,’ ह्वावे क्लाउडर एआई बिजनेसग्रुपका चीफ मार्केटिंग अफिसर एडवर्ड डेंगले भने, ‘सोलुसनले ठूला उद्यमहरूको क्लाउड रुपान्तरणको लागि उत्तम मार्ग प्रदान गर्दछ ।’

सनवे समूहका प्रमुख सूचना अधिकारी केविन खुले सफल ग्राहक र साझेदार मध्य मलेशियन कोङ्लोमेरेटसनवे समूह भएको बताए । ‘क्लाउड सनवेमा हाम्रो रणनीतिको मुख्य अंश हो र हामी आशा गर्दछौं कि ह्वावेले यो रणनीतिलाई माथिल्लो तहमा पु¥याउन मद्दत गर्दछ,’ उनले भने ।

डेङ्गले डिजिटल रूपान्तरणले 5G क्लाउड र प्रबिधिलाई नेतृत्व गर्ने बताएका छन् ।

‘हाम्रा साझेदारहरूसँग मिलेर ह्वावे क्लाउड साझा सफलताको लागि एक मजबूत इकोसिस्टम निर्माण गर्न प्रतिबद्ध छ,’ डेङ्गले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement