ह्वावेव्दारा दुर्गम क्षेत्रका मानिलाई डिजिटल संसारसंग कनेक्ट हुन मद्दत गर्ने विश्वव्यापी प्रतिबद्धतामा हस्ताक्षर


शेन्जेन –  ह्वावेले अन्तर्राष्ट्रिय दूरसञ्चार संघको पार्टनर टु कनेक्ट डिजिटल अलायन्समा सामेल हुने विश्वव्यापी प्रतिबद्धतामा हस्ताक्षर गरेको छ ।अन्तर्राष्ट्रिय दूरसञ्चार संघको पार्टनर टु कनेक्ट डिजिटलले २०२५ सम्ममा ८० भन्दा बढी देशहरूमा दुर्गम क्षेत्रका करिब १२० मिलियन मानिसहरूमा कनेक्टिभिटी ल्याउने जनाएकाे छ ।

ह्वावेका अध्यक्ष लियांग हुआले यो निर्णय कम्पनीको २०२२ सस्टेनेबिलिटी फोरम, कनेक्टिभिटी प्लस इनोभेट फर इम्प्याक्टको दौरान घोषणा गरे । फोरमले कसरी आइसीटी इनोभेसनले डिजिटल इकोनोमीको युगमा कनेक्टिभिटीको व्यापार र सामाजिक भ्यालु र स्थिरतालाई ड्राइभ गर्न सक्छ भनेर अन्वेषण गरेको हाे ।

कार्यक्रममा आइटीयुम र संयुक्त राष्ट्र संघका वरिष्ठ लिडरहरू, कम्बोडिया, नाइजेरिया, बंगलादेश र पाकिस्तानका दूरसञ्चार मन्त्री र नियामकहरू र चीन, दक्षिण अफ्रिका, बेल्जियम र जर्मनीका व्यापार लिडर, साझेदार, विशेषज्ञ र ग्राहकहरूकाे उपस्थिति रहेकाे थियाे ।

“कनेक्टिभिटी मात्र पर्याप्त नभएको स्पष्ट भएको छ । यो किफायती हुनुपर्दछ, सामग्री सान्दर्भिक र स्थानीय भाषामा हुनुपर्दछ र प्रयोगकर्ताहरूसँग यसको उत्तम प्रयोग गर्न सीप हुनुपर्दछ,” आइटीयुमका उप- महासचिव माल्कम जोन्सनले भने । “ह्वावेलाई (P2C) डिजिटल अलायन्सको समर्थनको लागि र ग्रामीण कनेक्टिभिटी र डिजिटल सीपका किइ क्षेत्रहरूमा P2C प्रतिज्ञाहरू घोषणा गरेकोमा धन्यवाद ।”

चीनको संयुक्त राष्ट्र संघका आवासीय संयोजक सिद्धार्थ चटर्जीले नीति निर्माताहरू, निजी क्षेत्र, शिक्षाविद् र नागरिक समाजको “बहु सरोकारवाला साझेदारी” लाई डिजिटल डिभाइडको “संवेदनशील वास्तविकता” बन्द गर्न आह्वान गरे जसले विश्वव्यापी जनसंख्याको एक तिहाइलाई बहिष्कार गरेको छ ।

“हाम्रो गतिशील संसारलाई नयाँ रोजगारीहरू सिर्जना गर्न, वित्तीय समावेशीकरणलाई बढावा दिन, लैङ्गिक ग्याप समाप्त गर्न, ग्रीन रिकभरीलाई प्रोत्साहन गर्न र हाम्रो संसारलाई थप समृद्ध र समावेशी बनाउनको लागि प्रविधि रूपान्तरणको सम्भावनालाई सदुपयोग गर्न सुधारिएको डिजिटल सहयोगको तत्काल आवश्यकता छ,” जोन्सनले भने । “अब काम गर्ने समय हो” । आफ्नो किइनोटमा डा. लिआङले डिजिटल युगमा स्थिर सञ्जालको पहुँच आधारभूत आवश्यकता भएको कुरामा जोड दिनुभयो । कनेक्ट नभएका धेरैका लागि भरपर्दो कनेक्टिभिटीमा पहुँच हुनुलाई जीवन परिवर्तन गर्ने पहिलो कदम मानिने छ ।

ह्वावे वायरलेस सोलुसनका अध्यक्ष काओ मिङले भने “सबैभन्दा पूर्ण आइसीटी क्षमता भएको उद्यमको रूपमा ह्वावेले परम्परागत साइट डिप्लोइमेन्टले सामना गर्ने कठिनाइहरू जस्तै उच्च लागत, प्रतिबन्धित यातायात, शक्तिको अभाव र मर्मतसम्भार चुनौतीहरू लाई सम्बोधन गर्न उपकरण, साइटहरू, ऊर्जा, प्रसारण र एन्टेनाहरूको पूर्ण-प्रविधि आविष्कार क्षमतालाई एकीकृत गर्दछ ।

हामीले शहरमा जस्तै दुर्गम क्षेत्रहरूमा गुणस्तरीय कभरेज विस्तार गर्न, अझ धेरै मानिसहरू, सामुदायिक अस्पतालहरू, विद्यालयहरू, स्थानीय सरकारहरू र साना र मध्यम आकारका उद्यमहरूलाई उस्तै उच्च-स्पीड ब्रोडब्यान्ड कनेक्टिभिटि अनुभवहरूको आनन्द लिन सक्षम बनाउन RuralStar र RuralLink सोलुसनहरू निरन्तर अपग्रेड गरेका छौं ।”

रूलर स्टार सिरिज सोलुसनहरूले ७० भन्दा बढी देशहरूमा दुर्गम क्षेत्रका ६० मिलियन भन्दा बढी मानिसहरूलाई कनेक्सन प्रदान गरेको छ । अप्टिकल ब्रोडब्यान्ड सञ्जालहरूको निर्माणले विश्वव्यापी सेवा महसुस गर्न अर्को महत्त्वपूर्ण मार्ग प्रदान गर्दछ । ह्वावेले दुर्गम क्षेत्रहरू सहित कम जनघनत्व भएका क्षेत्रहरूका लागि एक इानेभेटिभ एयरपाेन सोलुसन प्रस्ताव गरेको छ ।

अफ्रिकामा मात्रै ह्वावेले २५०,००० किलोमिटरभन्दा बढी अप्टिकल फाइबरहरू राखेको छ जसले ३० मिलियन घरपरिवारहरूलाई उच्च गतिको ब्रोडब्यान्ड पुगाउन सक्षम पारेको छ । प्रयोगकर्ता अनुभवमा निरन्तर सुधार देखिएको छ । होम ब्रोडब्यान्डको औसत गति अहिले नै ३० Mbit/s नाघेको छ, जसले अझै स्मार्ट, छिटो र सहज होम नेटवर्क अनुभव ल्याउँछ ।

जसरी आइसीटी पूर्वाधार विकास भइरहेको छ, क्लाउड र एआइ जस्ता इनोभेटिभ प्रविधिहरूले ग्रामीण र दुर्गम क्षेत्रहरूमा डिजिटल संसारको सुविधाको आनन्द लिन पाइरहेका छन् । ह्वावे क्लाउडले सबै कुरालाई सेवा रणनीतिको रूपमा प्रस्ताव गरेको छ र ह्वावेको ३० वर्ष भन्दा बढी प्राविधिक विशेषज्ञता र डिजिटल रूपान्तरण अनुभव क्लाउड सेवाहरू मार्फत उपलब्ध गराएको छ ।

यसको मतलब क्लाउडमा ह्वावेको डिजिटल पूर्वाधार क्षमताहरूमा पहुँच अब पानी र बिजुली जस्तै सजिलो, किफायती र दिगो रहने छ । डिजिटल रूपान्तरण, डिजिटल प्रतिभा र नयाँ व्यापार मोडेलहरू सबै दुर्गम क्षेत्रहरूमा सन्तुलित विकासका लागि आवश्यक छन् ।

ह्वावेले २०२५ सम्ममा सुधारिएको आइसीटी पूर्वाधारको साथ कम्पनीले ५०० मिलियन मानिसहरूलाई डिजिटल वित्तीय सेवाहरू र ५ लाख मानिसहरूलाई समावेशी शिक्षाको आनन्द लिन सक्षम बनाउन साझेदारहरूसँग काम गर्ने कुरा अघिल्लो घोषणामा जानकारी गराएको थियो ।

कम्बोडिया, आइटीयूको पहिलो P2C साझेदार देशमा, ह्वावेले हुलाक तथा दूरसञ्चार मन्त्रालय र विश्वविद्यालयहरू मार्फत सरकारी विभागहरूसँग मिलेर आगामी पाँच वर्षमा आइसीटी पेशेवरहरूलाई १० हजार तालिमका अवसरहरू उपलब्ध गराउनेछ । ह्वावे समावेशी विकासको लागि प्रतिबद्ध छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement