महिला टी-२० विश्वकप एशिया छनोट : बहराइन र हङकङ खेल्दै

महिला टी-२० विश्वकप एशिया छनोट : बहराइन र हङकङ खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु -आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा समूह चरणको अन्तिम खेलमा शुक्रबार बहराइन र हङकङ खेल्दैछन् । बैंककमा रहेको एआईटी मैदानमा हुने खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ ।

यो खेलले नेपाल सुपर थ्री मा पुग्ने वा नपुग्ने टुङ्गो लाग्नेछ । यो खेल हङकङले हार्‍यो भने नेपाल सुपर थ्रीमा पुग्नेछ । बराबरीले पनि नेट रनरेटमा अघि रहँदै हङकङ सुपर थ्रीमा पुग्नेछ ।

यसअघि बिहीबार भएको खेलमा नेपालले बहराइनलाई डीएलएस नियमका आधारमा ६ विकेटले हराएको थियो ।

योसँगै नेपाल ४ खेलमा ५ अङ्कसहित समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । बहराइन ३ खेलमा १ अङ्कसहित पुछारमा छ । यस्तै हङकङ ३ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ ।

महिला टी–२० विश्वकप एशिया छनोटमा सहभागी भएका ९ टोलीलाई ३ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता सुपर थ्री मा पुग्नेछन् । सुपर थ्रीको शीर्ष २ टोली ग्लोबल छनोटमा पुग्नेछन् ।