४६ करोड बढी ठगी आरोपमा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ


काठमाण्डु – सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभमा सर्वसाधारणले बचत गरेको पैसा हिनामिना गरेको आरोपमा सोमबार राजधानीको सुनधाराबाट पक्राउ गरेको हो ।

उनीसँगै प्रहरीले अन्य १२ जनालाई पनि नियन्त्रणमा लिएको छ । तामाङमाथि अहिलेसम्म ४६ करोड रुपैयाँ भन्दा धेरै हिनामिना र ठगी गरेको आरोपसहित कयौँ उजुरी परेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement