सेनालाई भारतले दियो झण्डै ३ करोडका आईसियु भेन्टिलेटर


काठमाण्डु – भारतले नेपाली सेनालाई १० वटा आईसियु भेन्टिलेटर दिएको छ ।

आइतबार बिहान जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई १० वटा आइसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेका हुन् ।

करिब २ करोड ८० लाख नेपाली रुपैयाँ पर्ने दश वटा भेन्टिलेटर भारत सरकारले नेपाली सेनालाई उपलब्ध गराएको नेपाली सेनाले जनाएको छ । उक्त भेन्टिलेटर कोरोना भाइरसको संक्रमितहरुको उपचारमा उपयोग हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement