चिनियां कम्युनिष्ट पार्टीको विदेश विभागका प्रमुखको पहिलो विदेश भ्रमण नेपालबाट


काठमाण्डु- चिनियां कम्युनिष्ट पार्टीको विदेश विभागका प्रमुख नेपाल भ्रमणमा आउने भएका छन् । गत जुनमा मात्र विदेश विभागको प्रमुख नियुक्त भएका चिनियां नेता लिउ जियान्चाओ चार दिने नेपाल भ्रमणका क्रममा आइतबार नेपाल आउंन लागेका हुन् ।

जियान्चाओ आफ्नो पहिलो विदेश भ्रमण नेपाललबाट गर्न लागेको हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित उच्च राजनीतिक नेतृत्वसंग भेटवार्ता गर्दैछन् ।

लिउले केही समय अघि माओवादी अध्यक्ष दाहाल,एमाले अध्यक्ष ओली र परराष्ट्रमन्त्री नारायण खड्कासंग भर्चुअल कुराकानी गरेका थिए । उनी सोङ ताओले अवकास पाएपछी उक्त जिम्मेवारीमा आएका हुन् ।

पछिल्लो समय अमेरिकाबाट नेपालमा उच्चस्तरिय भ्रमणहरु बढेसंगै चीनबाट समेत उच्चस्तरिय भ्रमण हुन लागेको हो । नेपालका बामपन्थी दलहरुबीच फेरी एकताको चर्चा चलिरहेका बेला उनको भ्रमण हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement