परराष्ट्र मामिला अध्ययन केन्द्रको कार्यकारी निर्देशकका लागी तीन जनाको नाम छनौट 


काठमाडौं– परराष्ट्र मामिला अध्ययन केन्द्रको कार्यकारी निर्देशकका लागी तीन जना छनौट भएका छन् ।  अध्ययन केन्द्रको कार्यकारी निर्देशकका लागी ९ जनाले आवेदन दिएकोमा तीन जनाको नाम छनौट भएको हो ।  कार्यकारी निर्देशकको अन्तिम तीन जनामा नेपाली सेनाका पुर्व प्रवक्ता समेत रहेका अवकासप्राप्त उपरथी जगदिश चन्द्र पोखरेल, अर्का अवकासप्राप्त उपरथी देवेन्द्र मेघासी र सशस्त्र प्रहरी बलका एआईजी राजेश श्रेष्ठ रहेका छन् । 

परराष्ट्र मामिला अध्ययन केन्द्रको कार्यकारी निर्देशकका लागी भएको  लिखित परिक्षा, अन्र्तवार्ता र प्रस्तुतीकरणमा तीन जना छनौट भएका हुन् । अन्र्तवार्ताको लागी प्राध्यापक खड्क केसी, परराष्ट्र सचिव शंकर वैरागी र विषय विज्ञबाट दुर्गा भट्टराईलगायतको समिति बनेको थियो । उक्त समितिले तीन जनाको नाम छनौट गरेको स्रोतको दावी छ । 

 मामिलाका कार्यकारी निर्देशक पन्नाकाजी अमात्यको निधनपछि उक्त पद लामो समयदेखि रिक्त थियो । परराष्ट्र स्रोतले दिएको जानकारीअनुसार विहिवार वस्ने मन्त्रिपरिषदको वैठकमा तीनै जनाको नाम पेश हुनेछ । 

मन्त्रिपरिषदले तीनै जनाबाट एक जनालाई कार्यकारी निर्देशक बनाउनेछ । छनौटमा परेका उपरथी पोखरेल परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका जिल्लावासी हुन् भने अर्का उपरथी मेघासी परराष्ट्र सचिव वैरागीका  जिल्लावासी हुन् । स्रोतकाअनुसार परराष्ट्र मामिला अध्ययन केन्द्रको कार्यकारी निर्देशकमा पोखरेल वा मेघासीमध्ये एक बन्ने लगभग पक्कापक्की छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement